बनाइनसक्दै भाँचियो सेती नदीमाथिको पुल (फोटो फिचर)

बनाइनसक्दै भाँचियो सेती नदीमाथिको पुल (फोटो फिचर)

डोटीः सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीनजना कामदार घाइते भएका हुन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल भाँचिएको हो । पुल भाँचिदा घाइते तीनमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सुनसरीको औराहवनीका २४ वर्षीय दिलिपकुमार यादव, त्यही ठाउँका गम्भीर घाइते २० वर्षीय यवराज चौधरी र त्यही ठाउँकै २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन् । काम गरिरहेका बेला पुलको दुवैतर्फका टावरहरु (पिलर) भाँचिएर नदीमा खसेको छ ।

पुलका लठ्ठाहरु नकसिएका कारण टावर भाँचिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिलबहादुर कुवँरले बताए । आङ्गदावा शेर्पा सञ्चालक रहेको खम्बाचो–सविना शेर्पा निर्माण सेवा प्रालि चाबहिल काठमाडौंले पुल निर्माणको जिम्मा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.