ऊर्जामन्त्री मन्त्री पुनद्वारा सिँचाइ आयोजना अवलोकन

ऊर्जामन्त्री मन्त्री पुनद्वारा सिँचाइ आयोजना अवलोकन

बाँके : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार बाँके र बर्दियाका सिँचाइ आयोजना अवलोकन गरेका छन्। मन्त्री पुनले सिक्टा सिँचाइ आयोजनाको राप्ती सोनारी-२ अगैयास्थित मूल नहरको हेडबक्स निर्माणस्थल पुगी अवलोकन गरेका हुन्। राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका लागि सिँचाइ गर्न निर्माणाधीन ५३ किलोमिटर पूर्वी नहर र ४२ किलोमिटर पश्चिमी नहर, डुडुवा सिँचाइ आयोजनाको पनि अवलोकन गरे।

सिक्टा सिँचाइ आयोजना प्रमुख रमेश बस्नेतले आयोजनाको ५६ प्रतिशत काम सम्पन्न भएको मन्त्री पुनलाई जानकारी दिए। आयोजनाको काम समयमै सम्पन्न गर्न मन्त्री पुनले निर्देशन दिएका छन्। सो अवसरमा प्रदेशसभा सदस्य कृष्णा केसीले राप्तीपारि राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा सिँचाइ, नदीमा तटबन्ध र विद्युत् सेवा विस्तारका लागि मन्त्री पुनलाई ज्ञापनपत्र बुझाइन्।

सांसद केसीले हरेक वर्ष डुबान समस्या झेल्दै आएको राप्ती किनारका बासिन्दालाई डुबानबाट मुक्त गर्न तटबन्ध बनाउन माग गरिन्। २२ वर्षदेखि पोल गाडिए पनि बाँकेको बघौडा क्षेत्रमा बिजुली नपुगेकोबारे पनि उनले मन्त्री पुनको ध्यानाकर्षण गराएकी थिइन्। राष्ट्रिय सिँचाइ तथा जल उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शालिकराम डाँगीले बैजापुरदेखि कटकुँइयासम्म सिँचाइ सुविधा पु¥याउन माग गरे। ‘धेरै जना मन्त्रीसँग कुरा गरेर हामी हैरान भइसकेका छौं। सिँचाइको व्यवस्था भए साबिकका नौ गाविसलाई राहत मिल्थ्यो’, डाँगीले भने।

मन्त्री पुनले आपूm बघौडा क्षेत्रमा तीनपटक आएकाले यस क्षेत्रमा सिँचाइ, तटबन्ध र विद्युत् प्राथमिकतामा राखेर काम गर्ने बताए। मन्त्री पुनले भ्रमण टोलीमा रहेका सिँचाइ सचिव डा.सञ्जय पण्डित, सिँचाइ विभाग महानिर्देशक सरोज पण्डित, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी पनि सहभागी थिए।

मन्त्री पुनले सुर्खेतस्थित भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पनि मंगलबार नै अवलोकन गरे। भेरी नदीको पानीलाई बबई नदीमा झारेर सिँचाइ तथा विद्युत् उत्पादन गर्ने यो बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना हो। सो अवसरमा आयोजना प्रमुख शिवकुमार बस्नेतले १२ किलोमिटरमध्ये ५ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको जानकारी दिए। ‘सुरुङ खन्ने काम लक्ष्यभन्दा छिटो भएको छ’, बस्नेतले मन्त्री पुनसँग भने।

भेरी-बबई डाइभर्सनको अवलोकनमा पूर्वसभामुख ओनसरी घर्ती, बर्दियाबाट प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सन्तकुमार थारू, प्रदेशसभा सदस्य हिमाल शर्मालगायत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका सरकारी अधिकारी सहभागी थिए। १० अर्ब ५६ करोडलागतमा निर्माण हुन लागेको यो आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। त्यसैगरी, ४८ मेघावाट विद्युत् पनि उत्पादन हुनेछ। सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडबीच ०७१ माघमा ठेक्का सम्झौता भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.