चीनविरोधी गतिविधि घटेकोमा राजदूत खुसी

चीनविरोधी गतिविधि घटेकोमा राजदूत खुसी

काठमाडौं : नेपालस्थित चिनियाँ दूतावासले पछिल्लो समय नेपाली भूमिमा हुने गरेका चीनविरोधी गतिविधिमा कमी आएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएको छ। गृह मन्त्रालयले नेपालमा रहेका तिब्बती शरणार्थीको गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको र त्यसले नेपाली भूमिबाट हुने चीनविरोधी गतिविधिमा कमी आएको चिनियाँ दूतावासले विश्लेषण गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत यू होङले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर चीनविरोधी गतिविधि न्यूनीकरण भएकोमा खुसी व्यक्त गरेको गृह स्रोतले दाबी गरेको छ। गृहमन्त्री बनेकोमा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको लिखित बधाई सन्देश लिएर राजदूत होङ थापालाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन्। भेटका अवसरमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाले आफूहरू सुरक्षा मामिलामा त्यत्तिकै संवेदनशील रहेको विश्वास राजदूत होङलाई दिलाएका थिए। 

‘नेपालमा रहेका तिब्बती शरणार्थीले गर्ने चीनविरोधी गतिविधिमा कमी आएको हामीले महसुस गरेका छौं’, ‘चिनियाँ राजदूत होङको भनाइ उद्धृत गर्दै गृह स्रोतले भन्यो, ‘चीनविरोधी गतिविधि हुन नदिएकोमा चीन सरकार आभारी छ।’ राजदूत होङले गृहमन्त्री थापाको कार्यशैलीबाट आफूहरू प्रभावित रहेको बताएकी थिइन्। जवाफमा गृहमन्त्री थापाले आफू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी कुनै पनि घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलपछि गृह मन्त्रालयको सचिवालयले निकालेको विज्ञप्तिमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाले नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको उल्लेख छ। गृहमन्त्री थापाले सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने तालिम, उपकरणलयागत सहयोगलाई निरन्तरता दिन आग्रह गरे।

गृहमन्त्री रामबहादुर थापाले चिनियाँ नाकाहरूबाट अवैध सुन र डलरको कारोबार भइरहेको भन्दै त्यस्ता गतिविधि रोक्न सहयोग गर्न पनि चिनियाँ राजदूतको ध्यानाकर्षण गराएको बताइएको छ। गृहमन्त्री थापाले चिनियाँ नाका प्रयोग गरी सुन र डलरको तस्करी भइरहेकाले नाकाबाट हुने त्यस्ता गतिविधि रोक्न चिनियाँ राजदुत होङसमक्ष आग्रह गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.