अप्पर अरुण र बुढीगण्डकी अब होला कि ?
नेपालमा हाल दुई ठूला जलविद्युत् आयोजना निकै चर्चामा छन्। पहिलो १ हजार ६३ मेगावाट क्षमताको अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना र दोस्रो १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना। ऊर्जा सुरक्षा, समग्र आर्थिक विकास, रोजगारी सिर्जना र अन्तरदेशीय विद्युत् व्यापारका दृष्टिकोणबाट यी दुवै आयोजना निकै महत्वपूर्ण मानिन्छन्।
ऊर्जा स्वदेशी स्रोतबाटै
जलवायु परिवर्तनको प्रभाव एवं वातावरण संरक्षण र दिगो विकासका एजेन्डामा विश्वव्यापी सचेतना देखिएक…