आइतबारदेखि मेलम्ची पाइपलाइन परीक्षण

आइतबारदेखि मेलम्ची पाइपलाइन परीक्षण

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाका लागि काठमाडौं उपत्यकाभित्र बिछ्याइएका पाइपको परीक्षण सुरु गरिने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले सुन्दरीजलबाट थप चार करोड लिटर राजधानी ल्याउने र सुरुवातमा मेलम्चीका लागि बिछ्याइएका पाइपको आइतबारदेखि परीक्षण गर्ने भएको हो।

निर्देशनालयले हालसम्म ७० किलोमिटर थोक वितरणका लागि पाइप बिछ्याएको छ भने खुद्रा वितरणका लागि सात सय २० किलोमिटर बिछ्याइसकेको छ। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झन्डै ५५ किलोमिटर पाइप बिछ्याउन बाँकी छ। यसअघि सन् २०११ मै नमुना परियोजनाअन्तर्गत निर्देशनालयले नयाँ बानेश्वर, रातोपुल र कुसुन्तीमा करिब एक सय किलोमिटर पाइप बिछ्याइसकेको थियो। 

आइतबारदेखि बढीमा भदौ मसान्तसम्म थोकको ७०, खुद्रा सात सय २० र नमुनाको एक सय किलोमिटरमा परीक्षण गर्ने तयारी गरेको हो। मेलम्चीको पानी आउनुअघि आइतबारदेखि सबै नयाँ पाइपको परीक्षण र प्रेसर परीक्षण गर्न लागिएको निर्देशनालयका प्रवक्ता लीलाराज ढकालले जानकारी दिए। भदौ मसान्तसम्म परीक्षण गर्ने भनिए पनि सफल परीक्षण हुँदै गए दुई साताभित्र सकिने पनि उनको भनाइ छ।

थोक वितरणका लागि १६ देखि ५६ इन्चसम्मका पाइप र खुद्रा वितरणका लागि अढाइदेखि ३० इन्चसम्मका पाइप प्रयोग गरिएको निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयले पानी परीक्षणको पहिलो प्रयोग बिहीबार सुन्दरीजलदेखि जोरपाटी हुँदै चाबहिलस्थित धोबिखोलासम्म गरेको थियो। सुन्दरीजलबाट उत्पादन गरिने थप चार करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टमा हालेर वा बाइपास गरेर भन्ने टुंगो लागेको छैन। 

बाइपास गरेर परीक्षण गरे परीक्षण सकिएपछि उक्त चार करोड लिटर पानी प्लान्टमा हालेर मात्र वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले हाल सुन्दरीजल, बूढानीलकण्ठ, फर्पिङ, बालाजु र ६० ट्युबवेलबाट उत्पादन गरी करिब नौ करोड लिटर पानी उपत्यकामा वितरण गरिरहेको छ। राणाकालीन पाइप भएकाले झन्डै तीन करोड लिटर पानी चुहिएर जाने गरेको छ।

सरकारले २०७३ वैशाखमै राजधानीमा मेलम्ची खानेपानी पानी वितरण गर्ने घोषणा गरे पनि अझै सकेको छैन। पछिल्लो पटक ढिलोमा पनि आगामी दसैंअघि मेलम्ची ल्याउने उद्घोष गरिएकोमा ठेकेदार कम्पनी सीएमसीले क्षतिपूर्तिबापत पाँच सय ४० दिन र एक अर्ब ६५ करोड रुपैयाँ मागेपछि काममा अलमल भइरहेको छ।

यसबीच निर्देशनालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग स्वीकृति लिएर सुन्दरीजल छेउमै वाग्मती नदीमा बाँध बाँधी चार करोड लिटर पानी राजधानीमा वितरण गर्ने काम सम्पन्न गरेको प्रवक्ता ढकालको भनाइ छ। शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले निर्देशनालयले विभागको स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको थियो। ‘वाग्मती नदीमा खेर गइरहेको पानी प्रयोग गरी हाल वितरण भइरहेकोबाहेक झन्डै चार करोड लिटर पानी थप गर्ने काम आइतबारदेखि हुनेछ’, परीक्षणपछि राजधानीवासीलाई उक्त थप पानी वितरण गरिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.