अनसनस्थलमा केसी समर्थक र विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज, दर्जनौँ घाइते

अनसनस्थलमा केसी समर्थक र विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज, दर्जनौँ घाइते

जुम्ला : अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं लैजान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको प्रहरीले केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ। केसीको अनसनस्थलबाहिर प्रहरीलाई अवरोध गर्न धर्ना बसेका विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो।

प्रहरीले लाठीचार्ज गरेपछि केसी समर्थक र प्रहरीबीच दोहोरो झडपका भएको छ। झडपका क्रममा एक सय भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन्। झडपमा प्रहरीहरू पनि घाइते भएका छन्।

झडपका क्रममा भवनभित्रका सिसाहरू फुटेका छन् भने स्वास्थ्य उपकरणहरू पनि फुटेका छन्।  घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

विद्यार्थीहरूले प्रहरीलाई अझै अनसन कक्षभित्र छिर्न दिएका छैनन्।

विस्तृत विवरण आउन बाँकी। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.