गोविन्द केसीलाई लिएर सेनाको हेलिकोप्टर जुम्लाबाट उड्यो
जुम्ला : २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई लिएर नेपाली सेनाको हेलिकोप्टर उडेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई प्रतिष्ठानबाट भगवती दल गणमा राखिएको थियो । केसीलाई जुम्लाबाट सुर्खेतमा लगिने छ। सुर्खेतमा केहीबेर राखेर मात्र काठमाडौं ल्याउने तयारी भएको सैनिक स्रोतले जानकारी दिएको छ।
जुम्लाबाट उडेको सेनाको हेलिकोप्टर सुर्खेतमा इन्धन भरेर मात्र काठमाडौं जानेछ।
प्रतिक्रिया दिनुहोस !