दोस्रो वाइडबडी ‘मकालु’को व्यवसायिक उडान भदौ १६ गतेबाट

दोस्रो वाइडबडी ‘मकालु’को व्यवसायिक उडान भदौ १६ गतेबाट

काठमाडौं : राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले भदौ १६ गतेबाट दोस्रो वाइडबडी ‘मकालु’ जहाजमार्फत व्यवसायी उडान गर्ने भएको छ। साउन १६ गते फ्रान्सको तुलुजशहर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको जहाजले एक महिनापछि व्यवसायीक उडान गर्ने तयारी गरेको हो।

‘जहाज विमानस्थल ल्याउन साथ उडान मिल्ने होइन’, नेवानी महाप्रबन्धक सुगत रत्नकंसाकारले भने, ‘सबै प्रक्रिया पूरा गर्दै भदौ १६ गतेबाट व्यवसायिक उडान सुरु हुन्छ।’

मकालुले पनि पहिलो पुरानो गन्तव्यबाट नै व्यवसायिक उडान सुरु गर्ने उनको भनाइ छ। नेवानीले नयाँ थप तीन गन्तव्य साउदी अरब, जापान र कोरिया उडान गर्ने भने पनि प्रक्रिया पूरा  भएको छैन।

नेवानीले अहिले भारतका तीन सहर, मलेसिया, दुबई, कतारको दोहा, हङकङ र बैंककमा उडान गर्दै आएको छ। नेवानीले नागरिक लगानी कोष र सञ्चय कोषसँग सरकारको जमानीमा २४ अर्ब रुपैयाँ ऋण लिँदै दुई वटा जहाज खरिद गरेको थियो। 

प्रतिजहाज  नेवानीले १० करोड ४८ लाख अमेरिकी डलर खर्च गरेको छ। जुन २८मा ल्याएको पहिलो वाइडबडीमार्फत भने उडान गरिरहेको छ। पहिलो वाइडबडी अन्नपूर्णले साउन १६ गतेदेखि व्यवसायीक उडान गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.