३३ किलो सुन तस्करी : पूर्वप्रहरी अधिकृतलाई थुनामा राख्न आदेश

३३ किलो सुन तस्करी : पूर्वप्रहरी अधिकृतलाई थुनामा राख्न आदेश

विराटनगर : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतलाई थुनामै राख्न जिल्ला अदालतले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ। 

मुलुकी ऐन अ.ब. १७ नम्बर प्रयोग गर्दै निवेदन दिएका प्रहरी अधिकृतको सुनुवाइ उच्च अदालतले सुरु गरेको हो।

अदालतले बिहीबार प्रहरी अधिकृततर्फको सुनुवाइको पहिलो आदेशमा निलम्बित डीएसपी सञ्जयबहादुर राउतलाई जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलाशले आदेश दिएको हो। तत्काल प्राप्त प्रमाणका आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्नु पर्ने अवस्था देखिन आएको अदालतको आदेशमा उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.