निर्मला हत्या प्रकरण : डीआईजी धीरु बस्न्यात नेतृत्वमा छानबिन समिति

निर्मला हत्या प्रकरण : डीआईजी धीरु बस्न्यात नेतृत्वमा छानबिन समिति

काठमाडौँः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यात नेतृत्वको नौ सदस्यीय समिति गठन गरेको छ । 

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्न्यातलाई सुम्पेको हो। 
शक्तिशाली भनिएको यस छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ । 

‘निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाउन अनुसन्धानको दायरा अझै फराकिलो बनाउनु जरुरी थियो’, प्रवक्ता थापाले अन्नपूर्ण अनलाइनसँग भने, ‘पहिले एकजना एसपी मात्रै निलम्बनमा थिए, हिजो दुई डीएसपीसहित अन्य पाँचजना अधिकृत पनि निलम्बनमा परेकाले छानबिनलाई प्रभावकारी बनाउन यसो गरिएको हो ।’

निर्मलाको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित डीआईजीलाई छानबिनको जिम्मा सुम्पिएको हो । 

थापाका अनुसार निर्मला हत्यामा संलग्न भएको भन्दै एसपी डिल्लीराज विष्टसहितले मुख्य अभियुक्त बनाइएका दिलीपसिंह विष्ट र अर्का युवा चक्र बडूको डीएनए रिपोर्ट नेगेटिभ आएको सन्दर्भमा अपराधी पत्ता लगाउने सबै विधि यो समितिलले प्रयोग गर्नेछ । 

अब यो समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतसँग बयान लिनेछ । ‘बयानका क्रममा उनीहरुका कुरा सही या गलत भएको पत्ता लगाउन विकसित प्रविधि समेत यो समितिले प्रयोग गर्नेछ’, प्रवक्ता थापाले भने, ‘गहन अनुसन्धानका लागि यो समितिले सीबीआर र पोलिग्राफ टेस्ट पनि गर्नेछ ।’

थापाका अनुसार नौ सदस्यीय समितिमा आपराधिक घटनामा गहन अनुसन्धान गर्दै आएका अधिकृतहरुलाई राखिएको छ । ‘यो समितिलाई विज्ञ प्रहरीको टोली भन्दा पनि हुन्छ’, थापाले भने, ‘हामीमाथिको यो गम्भीर चुनौतीलाई पार लगाउने गरी समितिले काम थालिसकेको छ ।’

थापाका अनुसार निर्मला हत्याकाण्डपछि घटना ढाकछोपमा संलग्न भएका प्रहरी अधिकृतलाई कारबाहीका लागि समेत यो समितिले सिफारिस गर्नेछ । घटना छानबिन गर्न गृहमन्त्रलायले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पनि उच्चस्तरीय समिति बनाएको थियाे।  

मैनालीको नेतृत्वकाे समितिले निर्मला प्रकरणमा प्रहरीबाट गम्भीर लापरबाही भएको र अनुसन्धान पनि फितलो भएको भन्दै नयाँ शिराबाट अनुसन्धान गरिनुपर्ने सिफारिस गृहमन्त्रीसमक्ष गरिसकेको छ । 

साउन १० गते घरबाट साथीकहाँ हिँडेकी  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उँखुबारीमा भेटिएकी थिइन् । उनकाे बलात्कारपछि हत्या भएको पुष्टि डीएनए परीक्षणबाट भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.