निगमको डलर काण्ड अख्तियारमा

निगमको डलर काण्ड अख्तियारमा

काठमाडौं : नेपाल एयरलाइन्समा अर्बौंको कारोबार हुन्छ। तर, यतिबेला त्यहाँ ५ सय डलरको विषय चर्चामा छ। र, त्यसको फाइल अख्तियार पुगेको छ। घटना रोचक छ। अपरेसन अफिसर प्रमोद बस्नेतले चीन भ्रमणमा जाँदा चिनियाँ जहाजको ल्यान्डिङ÷पार्किङ शुल्क लाग्ने अनुमानमा २०७३ माघ १० गते निगमबाट ५ सय डलर बुझे। त्यो उता तिर्नु परेन। रकम जस्ताको तस्तै फिर्ता आयो। उनले तत्कालै अर्थ विभागका कामु उपनिर्देशक राजकुमार खड्कालाई बुझाए। खर्च महाशाखा प्रमुखसमेत रहेका खड्काले बुझेको रसिद पनि दिए। तर, डलर दाखिला गरेनन्। आफ्नै गोजीमा राखे।

महिनौंपछि त्यसको प्रसंग उठ्यो। उनले सहकर्मीलाई कागजी रूपमा मिलाउन दबाब दिए। डलर नआई आएको देखाउन उनले भने। नमिल्ने बताएपछि केहीलाई सरुवासमेत गरेको स्रोतले जनायो। निगमबाट प्राप्त प्रमाणअनुसार उनले २०७४ असार ३१ मा बुझाएको कृत्रिम कागज आफैं बनाए। त्यसलाई आफैं तयार पारे, आफैं पोस्ट गरे। नियमानुसार त्यसो गर्न मिल्दैन। त्यसको पनि निगममा छानबिन सुरु भयो। अन्त्यमा गत भदौ २२ गते उनले बैंकमा दाखिला गरे। तर, बस्नेतको नाममा।

स्रोत भन्छ, ‘यसबारे बस्नेतलाई अख्तियारले मौखिक सोधीखोजी गरेको छ। ’ उनले आफू निर्दोष रहेको, खड्काले दाखिला नगरी लामो समय राखेको प्रस्ट्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.