पप्पुको बचाउमा सरिताले भनिन् : सरकारले बजेट नै दिँदैन

पप्पुको बचाउमा सरिताले भनिन् : सरकारले बजेट नै दिँदैन

काठमाडौँ : सांसद सरिता गिरीले ११ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का लिएर दर्जनौँ पुल तथा अन्य पूर्वाधार अलपत्र पारेको पप्पु कन्ट्रक्सनको बचाउ गरेकी छन् । 

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले निर्माणको ठेक्का लिएर अलपत्र छाड्दै बदनाम भएको पप्पुको बचाउ गर्दै सरकारमाथि दोष थोपरेकी हुन् । 

‘देशभरका पुल बनाउन ६३ अर्ब रुपैयाँ बजेटको खाँचो छ तर सरकारले वार्षिक ३ अर्ब मात्रै दिँदैछ’, उनले भनिन्, ‘पैसा नदिने अनि काम गरेर भनेर ठेकेदारलाई दोष लगाउन मिल्दैन ।’

सांसद गिरीले पूर्वाधार निर्माणका लागि ठेक्का दिएपछि सरकारले बजेट पनि समयमा निकासा दिनुपर्ने उल्लेख गरिन् । देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको पप्पुले काम नगरेर बदनम छ । अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.