साढे ३३ किलो सुन प्रकरण : ‘गोरेका सहयोगीलार्इ नेपाल ल्याइयो

साढे ३३ किलो सुन प्रकरण : ‘गोरेका सहयोगीलार्इ नेपाल ल्याइयो

काठमाडौं : साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती उर्फ ‘गोरे’ का पार्टनर बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ। दुबईमा लुकेर बसेका श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा आइतबार नेपाल ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखा काठमाडौंले श्रेष्ठविरुद्ध रेड नोटिस जारी गरेको थियो। शाक्यको शवसहित पक्राउ परेका टोकराज मल्लले दिएको बयानबाट श्रेष्ठ र गोरेको भूमिका खुलेको थियो।

 मल्लले गृह मन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिलाई दिएको बयान अनुसार श्रेष्ठ र गोरेले उनलाई पहिलोपटक २०६२ सालमा सुन लिन दुबई पठाएका थिए।

 मल्लले दुबईबाट चार किलो सुन ल्याइदिएबापत श्रेष्ठले नै मल्ललाई ६० हजार रुपैयाँ दिएका थिए। जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत विराटनगरमा बुझाएको अभियोग पत्र अनुसार श्रेष्ठ र गोरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर पटक पटक सुन ओसारेका थिए।

अभियोग पत्र अनुसार बेनु श्रेष्ठले मात्रै झन्डै एक टन सुन काठमाडौं झिकाएको प्रमाण फेला परेको छ। सुन ल्याउँदा अधिकांश समय मल्ल नै भरियाका रूपमा प्रयोग भएका छन्। छानविन समितिले पनि सुनमा लगानी गर्ने मध्येका श्रेष्ठ पनि एक मुख्य व्यक्ति रहेको औंल्याइएको छ।

 इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशीले श्रेष्ठलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाउने तयारी भएको बताए। उनले भने, ‘दुबईमा लुकेर बसेको सूचना पाएपछि इन्टरपोल दुबईको सहयोगमा श्रेष्ठलाई पक्राउ गरी नेपाल ल्याइएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.