निर्मला हत्या प्रकरणको प्रभाव : कञ्चनपुरमा किशोरी र महिलालाई आत्मरक्षा तालिम

निर्मला हत्या प्रकरणको प्रभाव : कञ्चनपुरमा किशोरी र महिलालाई आत्मरक्षा तालिम

महेन्द्रनगर : भीमदत्त नगरपालिकाले आफ्नो नगर क्षेत्रमा किशोरी र महिलाका लागि लैङ्गिक समानता तथा आत्मरक्षा तालिम सुरु गरेको छ।

भीमदत्त नगरपालिकाले आफ्ना १९ वडामा किशोरी र महिलालाई आत्मरक्षा गर्न सक्षम बनाउने भन्दै प्रशिक्षण सुरु गरेको हो। 

‘पछिल्लो समयमा किशोरी तथा महिला धेरै नै असुरक्षित हुन थालेका छन्’ प्रशिक्षक पार्वती कार्कीले भनिन्,‘महिलालाई आफै पनि आत्मसुरक्षाका लागि सक्षम बनाउन तालिम दिन थालिएको हो।’ 

उनले भीमदत्त नगरपालिकाको आयोजनामा क्रुदय सेल्भ डिफेन्स मार्शल आर्ट एशोसियसनले आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिने बताइन्। 

तालिम संयोजक स्वास्थ्य एवं अधिकारकर्मी प्रितिधीर भण्डारीले भीमदत्त नगरपालिकाका १९ वटै वडाका एक सय ९० किशोरी र महिला सहभागी रहेको बताइन्। 

‘यो प्रशिक्षक प्रशिक्षण तालिम हो’, उनले भनिन्, ‘अहिले प्रत्येक वडाका १०÷१० जनाको सहभागिता रहेको छ।’

आत्मरक्षा तालिममा सहभागी हुन आएकी भीमदत्त नगरपालिका ४ की बबिता विष्टले पछिल्लो समय बालबालिका तथा किशोरी निकै असुरक्षित भइरहेकाले आत्मरक्षा सम्बन्धी तालिममा आफू सहभागी भएको बताइन्। ‘अहिले सार्वजनिक स्थान होस वा अन्यत्र होस जोखिम बढ्दो छ’, उनले भनिन्,‘यो तालिमले धेरैलाई सहयोग मिल्नेछ।’

आत्मरक्षा तालिमका प्रमुख प्रशिक्षक सुरेन्द्रसिंह विष्टले पछिल्लो समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्यालगायतका जघन्य अपराध बढिरहेको भन्दै सबैलाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले तालिम सुरु गरेको बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नापछि पनि सुदूरपश्चिम प्रदेश अझ कञ्चनपुरमै थुपै्र बलात्कारका घटना भएका छन्। 

सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन–कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता उपाय प्रशिक्षणका क्रममा सिकाइने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.