सिरहामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा
सिराहा : नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिरहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवाको उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त शोरुमको उदघाटन प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीपकुमार झाको प्रमुख आतिथ्यमा भएको हो ।
उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा क्षेत्रीय बिक्री प्रमुख विकास सिन्हा, राकेश शाहलगायत कम्पनी टोलीको सहभागिता थियो । शहरोन्मुख क्षेत्रहरूमा तीव्र रूपमा बढिरहेको आवासीय तथा व्यावसायिक भवन निर्माण गतिविधिलाई ध्यानमा राख्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ ।
रौतहटको चन्द्रनिगाहपुरस्थित प्राइम टायल्सको अत्याधुनिक उत्पादन उद्योगले वार्षिक ४० लाख वर्गमिटर भन्दा बढी टायल्स उत्पादन गर्दै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तरका टायल्स उत्पादन गर्दै आएको तथा हालै नेपाल गुणस्तर चिन्ह (एनएस ६१७) प्राप्त गरेको जनाएको छ । नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिशका सयौं प्रकारका टायल्स उपलब्ध छन् ।
आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका विविध विकल्प एकै स्थानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूका लागि उत्पादन जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श प्रदान गर्ने केन्द्रका रूपमा समेत विकास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !