नेपाली बजारमा एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक
काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला ‘एसेन्सियल सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
इटहरीमा आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको यस श्रृंखला अन्तर्गत डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रूम एयर कन्डिसनरहरू रहेका छन्।
‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियान अन्तर्गत नेपाली परिवारहरूको आवश्यकता अनुरूप डिजाइन गरिएका यी उत्पादनहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। सन् २०२६ को जुन महिनादेखि देशभरका आधिकारिक आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !