टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार
सुन्नुहोस्

काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ। जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्‍याउने उद्देश्य राखेको छ।

यस शोरूमको औपचारिक उद्घाटन  असार १३ गते शनिबार बिहान ११ बजे सम्पन्न भएको हो। उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए। कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दाहरूलाई नयाँ शोरूम अवलोकनका लागि स्वागत गरिएको थियो।

आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरूमलाई ग्राहकहरूले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको छ। यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइनहरू प्रत्यक्ष स्पर्श गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइजहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुनेछ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हाम्रा विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं, जसले गर्दा उहाँहरूले आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरू प्राप्त गर्न सक्नुहुनेछ।”

यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ। टोखा रोड र वरपरका क्षेत्रका बासिन्दाहरूलाई यहाँ आमन्त्रण गर्दै नयाँ र प्रिमियम कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.