अचम्मै भयो ! तोकेभन्दा पहिल्यै बन्नेभो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

अचम्मै भयो ! तोकेभन्दा पहिल्यै बन्नेभो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ। धावनमार्गमा कालोपत्रे सहितका अन्य संरचनाको निर्माणलाई तीव्र पारिएको हो। हालसम्म विमानस्थलको ५८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

विमानस्थलको महत्वपूर्ण पक्ष धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ। चार तहपछि धावनमार्ग तयार हुन्छ। एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्छ। अन्य तहभन्दा पहिलो तहको काम गाह्रो हुन्छ। आयोजनाका अनुसार धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर) काम सम्पन्न भइसकेको छ। धावनमार्ग तीन हजार मिटरको छ। मौसमका कारण बाधा उत्पन्न नभए झन्डै दुई महिनामा धावनमार्ग सम्पन्न हुने आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।

‘जति समय पहिलो तहको सम्पन्न गर्नमा लाग्छ त्यसको आधा समयमा पुरा धावनमार्ग नै तयार हुन्छ’, अधिकारीले भने, ‘ठेकेदारले एउटा पेभर (पिच गर्ने मेसिन) थप गरेर दुईवटा मेसिन प्रयोग गर्ने भएकाले धावनमार्ग छिट्टै तयार हुने भएको छ।’ धावन मार्ग पिचका लागि ठेकेदारले असाफल्ट मेसिन पनि थप गरेको छ। जसबाट एक÷दुई दिनभित्र काम सुरु हुन्छ। हालसम्म एउटा मेसिनबाट काम हुँदै आएको थियो। यसले धावनमार्ग चाँडै सम्पन्न हुन मद्दत पुग्नेछ। ‘मुख्य संरचनामा बढी ध्यान दिएका छौं, विमानस्थलको सबै काम समानान्तर ढंगले अगाडि बढेको छ’, उनले भने, ‘कुनै बाधा अवरोध नआए वैशाख÷जेठ महिनासम्म यस विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानहरूले उडान भर्नेछन्।’

विमानस्थलको निर्माण सम्पन्न गर्न २०१९ जुन २८ तारिखसम्म म्याद छ। अबको सात महिनासम्म म्याद रहे पनि पाँच महिनाभित्रै मुख्य संरचना निर्माण गरेर आंशिक रूपमा विमानस्थल सञ्चालनमा ल्याउन आयोजनाको लक्ष्य छ। आंशिक रूपमा विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुनेछ। म्यादभित्रै ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न हुने आयोजनाले बताएको छ। अांशिक रूपमा विमानस्थल सञ्चालनमा ल्याउँदा सानातिना (नाला, सडकमर्मतजस्ता) काममात्र बाँकी रहने र ती काम पनि केही महिनाभित्रै सम्पन्न हुने आयोजना प्रमुख अधिकारीले बताए।

विमानस्थलको एपरोन (विमानपार्कस्थल) को काम पूर्णरूपमा सम्पन्न भइसकेको छ। विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, फायर फाइटिङ, टयासी वे लगायतका काम भइरहेका छन्। टर्मिनल भवनको संचरना निर्माण गर्ने करिब पूरा भइसकेको छ। एक महिनापछि भवनमा छाना हाल्ने काम सुरु हुने र उक्त काम चार महिनामा सम्पन्न हुने उनले बताए। प्रशासनिक भवनको फिनिसिङको काम भइरहेको छ भने कन्ट्रोल टावरको सातौं तलाको काम भइरहेको छ। भित्रबाट फिनिसिङको कामसमेत भइरहेको छ। यो टावर आठ तलाको हुनेछ। ट्याक्सी वेलाई तीन स्थानबाट जोड्ने काम भइरहेको छ। यसको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.