पूर्वराष्ट्रपति डा. यादव केसीलाई भेट्न टिचिङमा
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई भेटेका छन्। शनिबार अपराह्न पूर्व राष्ट्रपति यादव केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पतालमा पुगेका हुन्।
इलामबाट १६ औं सत्याग्रह सुरु गरेका केशीलाई शुक्रबार राति सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। केसीलाई टिचिङ अस्पतालको आइसियुमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !