केसीको आग्रह : सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नू

केसीको आग्रह : सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नू

काठमाडौँ : प्रा.डा. गोविन्द केसीले सरकारले आफूसँग विगतमा गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न सांसदहरुसँग अपिल गरेका छन् । 

१६ ‍औँ अनशन बसेको १४ दिनका दिन त्रिवि शिक्षण अस्पतालबाट आफ्ना सहयोगीमार्फत् भिडियो सन्देश पठाउँदै केसीले सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सांसदहरुलाई अपिल गरेका हुन् । उनले सम्झौताको पालना गर्दै विधेयक पास गराउने कुरामा सांसदहरुले सहयोग गर्ने पनि आशा जनाएका छन् । 

'चिकित्सा शिक्षा विधेयकमा जनतामुखी र विद्यार्थीमुखी ऐनका बुँदा हटाएर माफियामुखी बुँदा थपिएको छ', उनले भनेका छन्, 'त्यस्ता माफियामुखी बुँदा हटाउन भूमिका खेल्दै जनमुखी विधेयक पारित गर्न सांसदहरुले भूमिका खेल्नेमा विश्वस्त छु ।'

इलामबाट सुरु भएको डा. केसीको अनशन १४ औँ दिनमा पुगेका बेला सरकारले मंगलबार ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने तयारी गरिरहेको छ। 

यो विधेयक सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट पारित गराउने सरकारको प्रयास प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको अवरोधले रोकिएको थियो । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.