आतंकवादको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

आतंकवादको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौँ : आतंकवादलाई प्रश्रय दिएको भन्दै युवाहरुको समूहले काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि सोमबार प्रदर्शन गरेका छन् ।  युवाहरुको समूहले भगवान् गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले आफूहरु शान्तिको पक्षमा रहेको भन्दै कुनै पनि हिंसाका घटनालाई कसैले पनि बढावा दिन नहुने माग गरेका थिए । उनीहरुले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय नदिन आग्रह गर्दै भारतको कश्मीरस्थित पुलवामामा भएको आत्घाती आक्रमणको पनि निन्दा गरेका छन् । 

कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणमा ४२ जना भारतीय अर्धसैनिक मारिएपछि त्यसको आरोप पाकिस्तानमाथि लाग्दै आएको छ । पाकिस्तानमा आश्रय लिएको जैस ए मोहम्मद चरमपन्थी संगठनले आक्रमण गरेकाले त्यसको दोष पनि पाकिस्तानले लिनुपर्ने दाबी भारतको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.