रिंगटा लागेर शौचालयमा लडेपछि मन्त्री पुन अस्पताल भर्ना

रिंगटा लागेर शौचालयमा लडेपछि मन्त्री पुन अस्पताल भर्ना

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टरको शौचालयमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ।

मन्त्री पुनका निजी सचिव सन्तोष पुनले मन्त्री पुनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टलाई उद्‍धृत गर्दै उनको अवस्था सामान्य रहेको बताएका छन्। निजी सचिव सन्तोषले फेसबुकमा अपलोड गरेको फोटोमा मन्त्री पुन फ्रेस नै देखिन्छन्। 

बोलचाल तथा हिँडडुल गर्न सक्ने अवस्थामै भए पनि चिकित्सकीय निगरानीमै राख्ने निर्णय उपचार टोलीले गरेको उनले बताए। मुटुको धड्कन भने तलमाथि भएको जानकारी चिकित्सकले दिएका छन्।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा साँझ अस्पताल पुगेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन्।  

निजी सचिवालयका अनुसार मन्त्री पुन बिहीबार दिनभर मन्त्री निवासस्थित क्वार्टरमै भेटघाटमा व्यस्त थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.