हावाहुरी पीडितलाई धनगढी उप-महानगरपालिकाको सहयोग

हावाहुरी पीडितलाई धनगढी उप-महानगरपालिकाको सहयोग

धनगढी : धनगढी उप-महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब हावाहुरी पीडितलाई सहयोग गर्ने भएका छन्। धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पर्सा र बाराका हावाहुरी पीडितलाई जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब बराबर दिने निर्णय भएको जानकारी दिए ।

मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको प्रमुख वडले बताए। संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म भएको उनको भनाई छ। नगरप्रमुख वडले हावाहुरी पीडितका लागि सहयोग गर्न नगरका क्रियाशिल संघसंस्थालाई समेत आग्रह गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.