हावाहुरीका घाइतेलाई रगत अभाव हुन नदिन रक्तदान
काठमाडौं : बौद्ध व्यापार संघले बारा- पर्सामा हावाहुरीबाट घाइते भएकाहरूलाई रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको छ।
रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको र संकलित रगत भक्तपुर रेडक्रसलाई हस्तान्त्ररण गरिएको संघले जनाएको छ।
अस्पतालहरूमा घाइतेहरूको संख्या बढ्दा रगत अभाव भएपछि मुलुकभर रक्तदान कार्यक्रमहरू भएका छन्। अहिले ४०० भन्दा बढी घाइतेहरू बारा र पर्साका अस्पतालमा उपचाररत छन्। कतिपय गम्भीर घाइतेलाई काठमाडौंका अस्पतालमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !