लागुऔषधसहित पाँच भारतीय पक्राउ
काठमाडौं : लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार,२१ वर्षीय आशिष कुमार,२९ वर्षीय अभय कुमार मिश्र,३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।
उनीहरूको साथबाट बुप्रेनोर्फिन ६४८ एम्पुल, डाइजेपाम ६०० एम्पुल, फेनारागन- ६०० एम्पुल, ट्रामाडोल ३८० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट तथा नाइट्राभाट ३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ। साथै भारतीय नम्बर प्लेट (UP५३ Y ७७०४) भएको गाडी र पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !