बहुमूल्य वस्तुको प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ
कास्की : पोखरा महानगरपालिका- २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान,काठको फोल्डिङ बट्टा एक थान,करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ पर्नेमा पर्वतका ३५ वर्षीय राजन विक, २७ वर्षीया रोशनी विक,६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन ।
त्यस्तै म्याग्दीका ५१ वर्षीय दिलबहादुर बुढा मगर, २९ वर्षीय दीपक गोतामे तथा कास्कीका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !