वीर अस्पतालको प्रांगणमै बिरामीको जाँच (फोटोफिचर)
काठमाडौं : समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण सेवा ठप्प रहेको वीर अस्पतालमा सुरक्षाकर्मी परिचालन गरी सेवा सुरु भएको छ। अस्पतालको ओपीडी कक्षामा लगाएको ताला प्रहरीले खुलाएपछि चिकित्सकले अस्पतालको प्रांगणमा बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्।
चिकित्सकले कार्यकक्षमा बिरामीको स्वास्थ्य परीक्षण भने गरेका छैनन्। सबै सरकारी चिकित्सकलाई केन्द्रमा समायोजन गर्न माग गर्दै चिकित्सक आन्दोलनमा उत्रिएको आज पाँच दिन भइसक्यो। चिकित्सक आन्दोलनमा उत्रिएपछि बिरामी प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !