मेची नदीको बाढी गाउँ पस्यो, करिब सय परिवार विस्थापित
झापा : अविरल वर्षासँगै झापाका नदीमा पानीको बहाव बढेसँगै विस्थापित हुनेको संख्या बढ्दो छ। झापाको कन्काई र मेची नदीको बाढी बस्तीमा छिरेपछि विस्थापित हुनेको संख्या बढेको हो।
झापामा आइतबार कचनकवल गाउँपालिका ४ को पाठामारी बस्तीमा बाढी पसेर करिब ३० घर विस्थापित भएका छन्। मेची नदीको बहाव बढेर नदी गाउँ पसेकाले उक्त क्षेत्रका बासिन्दाको घरभित्रै पानी पसेकाले स्थानियलाई अहिले सुरक्षित स्थानमा सार्ने काम भएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
दाहालले दिएको जानकारी अनुसार गौरीगञ्ज गाउँपालिकाको १ नम्बर वार्डको होक्लाबारी भन्ने गाउँका ३० घरपरिवार बिस्थापित भएका छन्। उनीहरुलाई इन्द्रेणी प्रावी स्कुलमा राखिएको दाहालले बताए।
त्यसैगरी शिवसताक्षी नगरपालिकाको १० का ४ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई पनि सुरक्षित स्थानमा सारिएको दाहालले अन्नपूर्णसँग बताएका छन्। ४ दिनदेखि परेको लगातारको वर्षाले झापामा २ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
रेडक्रसका फोकल पर्सन हरिशरण खड्काका अनुसार कन्काई नदीमा पनि बहाव सर्तकता तह नजिक छ। बढ्ने र घट्ने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस !