एनआरएनए १२ औँ सम्मेलन : पर्यटन र लगानी प्रवर्द्धनमा केन्द्रित

एनआरएनए १२ औँ सम्मेलन : पर्यटन र लगानी प्रवर्द्धनमा केन्द्रित

रोम (इटली) : गैरआवासीय नेपाली संघको १२औं युरोपेली क्षेत्रीय बैठक पर्यटन र लगानी प्रवर्द्धनलाई केन्द्रित गर्दै शनिबारदेखि इटलीको रोममा सुरु भएको छ। दुई दिने क्षेत्रीय सम्मेलनले नेपालमा पर्यटन तथा सम्भावित अन्य क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्मेलन उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले लगानी सहजीकरणका लागि कानुनी, प्रशासनिक र व्यावहारिक झञ्झट अन्त्य गर्ने बताए। उनले गैरआवासीय नेपालीको सीप, बौद्धिकता, पुँजी तथा सञ्जालको उपयोगबाट मुलुकले लाभलिएको उल्लेख गरे। मन्त्री ढकालले सरकारले तीव्र आर्थिक विकासको संकल्प गरेको उल्लेख गर्दै गैरआवासीय नेपालीबाट सरकारले ठूलो अपेक्षा राखेको बताए।

सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालले पनि युरोपको विकास अनुभवबाट सिकेर भौतिक पूर्वाधार, शिक्षा र मानव संशाधनका क्षेत्रमा परिणाममुखी लगानी गर्नुपर्ने बताए। गैरआवासीय नेपालीको ५० लाखको संख्यामा रहेको सञ्जाल नेपालको बाह्य सम्बन्ध विस्तारको सेतु भएको उनको भनाइ छ।

उनले गैरआवासीय नेपालीले नेपालमा करिब एक खर्ब रुपैयाँ लगानी भइसकेको भन्दै बैंक, एयरलाइन्स, आतिथ्य सत्कार, होटल र दूरसञ्चारबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे। डा. कोइरालाले सडक र विद्युत विकास पूर्वाधारका मेरुदण्ड रहेको भन्दै नेपालले आफ्नो जलविद्युत् क्षमताको उपयोग, केही द्रुतमार्ग र ठूला विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने उल्लेख गरे। उनले सरकारले पूर्णलोकतन्त्रको मूल्यमान्यतामा धावा बोल्न लागेको आभास मिलेको भन्दै गैरआवासीय नेपालीहाई खबरदारीका लागि समेत आग्रह गरे।

युरोपमा गैरआवासीय नेपाली संघका २८ राष्ट्रिय समन्वय परिषद् छन्। गैरआवासीय नेपाली अभियानको सुरुवातसमेत भएको युरोपमा राष्ट्रिय समन्वय परिषद् शसक्त छन्। सम्मेलनमा गैरआवासीय नेपाली अभियानको सफलताका लागि दोस्रो पुस्तका नेपाली खासगरी युवा र महिलाको सहभागितालाई जोड दिएको छ।

क्षेत्रीय सम्मेलन सम्बोधन गर्ने क्रममा कानुनमन्त्री ढकालले दोस्रो पुस्ताका नेपालीलाई यो सञ्जालमा सहभागिताका लागि प्रोत्साहित गर्न आसन्न गैरआवासीय नेपालीसम्बन्धी विधेयक गैरआवासीय नेपाली संघसँग छलफल गरेर मात्र अघि बढ्ने बताए।

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पर्यटन प्रवर्द्धनले नेपालको कायापलट गर्ने भन्दै गैरआवासीय नेपालीको सञ्जालबाट पर्यटक वृद्धि गर्न सकिने बताए। हस्पिटालिटी व्यवसायमा लामो अनुभव रहेका भट्टले नेपाललाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार र सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले नेपालमा लगानी, सहयोग, सद्भाव र भाइचाराको सम्बन्ध विस्तारमा गैरआवासीय नेपालीको सञ्जालले सफलताहासिल गरेको बताए। एकता, सामूहिकता र सहभागितामा जोड दिँदै उनले नेपालीको बौद्धिक र आर्थिक लगानीले मुलुकको रूपान्तरण गर्न सकिने उनको भनाइ थियो। नेपाली डायस्पोराका सञ्जाल यस्ता सञ्जाल मध्येविश्वमै सशक्तभएको भन्दै उनले राजनीतिक स्थिरतताको उपयोग गर्दै तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्ने उनको जोड थियो।

यस्तै, संस्थापक अध्यक्षउ उपेन्द्र महतोले गैरआवासीय नेपाली आर्थिक, बौद्धिक, प्रविधि उपयोगमा हामी सशक्त भइसकेको भन्दै समृद्धिका लागि उनीहरूको क्षमता उपयोगमा जोड दिए। अर्का पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीको सञ्जालमार्फत आर्थिक कूटनीति अघि बढाउनुपर्ने र परिणाममा आधारित भएर काम गर्नुपर्ने उल्लेख गरे।

यस्तै, स्विट्जरल्यान्ड र इटलीका लागि नेपालका चार्ज डे अफेयर्स तीर्थराज वाग्लेले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा विश्वव्यापी मञ्चमा मुद्दा उठाइको उल्लेख गरे। गैरआवासीय नेपाली संघको युरोप सम्मेलनमा चार सयभन्दा बढी प्रतिनिधि सहभागी छन्।

सम्मेलनको अघिल्लो दिन नेपाल भ्रमण वर्ष २०२० अभियानले युरोपमा नेपाल प्रवर्द्धनको कार्यक्रम सुरु गरेको थियो। आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ।

भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले युरोप पर्यटक आगमनको प्रमुख स्रोत क्षेत्र भएको भन्दै भ्रमण वर्षको प्रवर्द्धन युरोपबाट सुरु गरेको बताए। पर्यटन सचिव मोहनकृष्ण सापकोटाले पर्यटन क्षेत्र लक्षित नयाँ पूर्वाधार निर्माण सम्पन्न हुँदै गरेको उल्लेख गर्दै पर्यटन गन्तव्य र प्रडक्ट उत्पादनलाई विशेष ध्यान दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.