सरकारसँग पक्की पुल माग्दै रिले अनशन

सरकारसँग पक्की पुल माग्दै रिले अनशन

बैतडी  : बैतडीस्थित भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा पक्की पुलको माग गर्दै अनशन थालिएको छ। सरकारलाई दबाब दिन झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन अगाडी गत भदौ २२ गतेबाट अनशन थालेका हुन्।

अनशन थालेको १७ दिन भइसक्दासमेत पुल निर्माणका विषयमा सरकारी पक्षबाट केही पहल नभएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए। ‘हामीले शान्तिपूर्ण रुपमा विकासका लागि राज्यलाई दबाब दिँदै आएका छौं, हामी एकदशकदेखि पुल निर्माणको माग गर्दै आन्दोलनमा छौं। तर, हाम्रो माग अहिलेसम्म पूरा भएको छैन्’, उनले भने।

संघर्ष समितिले सुरु गरेको अनशनमा बैतडीवासी स्वस्फूर्त रुपमा सहभागी भएका छन्। झुलाघाट नाकामा पक्की पुल नभएकै कारण बैतडी मात्रै सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा वाधा पुगेकाले आफूहरु अनशनमा सहभागी भएको स्थानीयहरुले बताएका छन्। अनशनको सत्र दिनसम्म ३७५ जनाले अनशनमै सहभागिता जनाइसकेका छन्। 

‘जिल्लाका सबै ठाउँका नागरिकले अनशनमा  सहभागिता जनाएका छन्, यो सबैको साझा विषय भएकाले नागरिकले साथ दिएका हुन्’, संघर्ष समितिका संयोजक चन्दले भने,‘हाम्रो मागको विषयमा ठोस पहल नहुँदासम्म अनशन जारी रहनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.