चिनियाँ राष्ट्रपति सी भ्रमण : चिटिक्क काठमाडौं (फोटो फिचर)
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङ आउने खबरले काठमाडौंका मुख्य सडक फेरिएका छन्। शनिबार र आइतबार दुई दिने भ्रमणका लागि सी नेपाल आउने भएपछि काठमाडौंका सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।
उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ। उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुङ्ग उडेको देखिने सडक चिल्ला पारिएको छ।
झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ। जमिनमा हरियो दुबो बिच्छ्याइएको छ। बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरले छोपिएको छ। खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन्। तस्बिर : दिपेन श्रेष्ठ










प्रतिक्रिया दिनुहोस !