भारतका ‘झोले डाक्टर’ले दिएको औषधी खाँदा साला-भेनाको मृत्यु

भारतका ‘झोले डाक्टर’ले दिएको औषधी खाँदा साला-भेनाको मृत्यु

नेपालगन्ज : भारतका ‘झोले डाक्टर’को गलत उपचारले बाँकेमा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार नरैनापुर गाउँपालिका-५ मटेहियाका २८ वर्षे गयाराज धोबी र राप्ती सोनारी-७ गेदवाका २७ वर्षे मालिकराम धोबीको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

मृतक नातामा भिनाजु र साला पर्छन्।  भान्जा (गयाराजका छोरा)को मुण्डन कार्यक्रममा सहभागी हुन मालिकराम मटेहिया गएका थिए। मटेहियामा औषधि पसल सन्चालन गरेर बसेका ‘स्वघोषित डाक्टर’ राजेशसिंह ठाकुरले गरेको उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो। ठाकुर नरैनापुरको भारतीय सीमावर्ती जिल्ला श्रावस्ती थाना मन्हिपुरको मनकौरा गाउँका बासिन्दा हुन्। उनी डेढ दशकभन्दा बढी समयदेखि औषधि पसल सन्चालन गरिरहेका थिए। उनको औषधि पसलमा कुनै बोर्ड छैन। उनले आफूलाई डाक्टर भनेर लेख्ने गरेका थिए।  

आइतबार राति २ बजेतिर पेट दुखेका उनीहरुले ठाकुरलाई उपचारका लागि बोलाएका थिए। दुबै जनालाई चार बोतल सलाइन पानी चढाएका थिए। साढे ५ बजेतिर मालिकराम धोबीको मृत्यु भएको थियो। ‘राति पेट दुख्यो भने, डाक्टरलाई बोलाउन गए, २ बजेतिर आएर डाक्टरले ग्लुकोच पानी चढाए, मेरो छोराको उपचारका क्रममा ज्यान गयो, त्यसपछि डाक्टर भाग्यो’, मानिकरामका बावु रामरतन धोबीले भने।

गम्भीर स्वास्थ्य अवस्थामा रहेका गयाराजलाई भने नेपालगन्जको भेरी अस्पतालमा उपचारका ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारुले बताए। ‘के कारणले मृत्यु भएको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन’, वडाध्यक्ष थारुले भने,‘गतल औषधिको प्रयोगबाट ज्यान गएको हुनसक्छ।’ 

स्थानीयले सोमबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा उपचारमा संलग्न भारतीय स्वास्थ्यकर्मी ठाकुर फरार भइसकेका थिए। इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक मानबहादुर वीसीले भन्छन्, ‘फरार ठाकुरको हामी खोजी गरिरहेका छौं।’ 

मृतक दुबै जनाको भेरी अस्पताल नेपालगन्जमा पोस्ट मार्टम गरिएको छ। गलत औषधिको प्रयोगबाट मृत्यु भए नभएको बारे भीसेरा जाँच गर्नुपर्छ। जुन काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने भेरी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.रुपानन्द अधिकारीले बताए। 

नरैनापुर गाउँपालिका-५ का वडाध्यक्ष युवराज मौैर्यले गाउँपालिका भरी नै ‘झोले डाक्टर’ को बिगबिगी रहेको बताए। ‘एक दर्जनभन्दा बढी झोले डाक्टर अझै पनि छन्। उनीहरुलाई कसरी कारबाही गर्ने’, उनले भने, ‘उनीहरुको औषधि पनि महंगो हुन्छ। सञ्चो हुन्छ भनेर गाउँलेले केही बोल्दैनन्।’ 

स्थानीय रामकुमार धोबीले तिनै ठाकुरको मेडिकलमा कार्तिकमा उपचार गर्न आएका एक जना ६० वर्षका एक वृद्धको मृत्यु भएको बताए। केही वर्षअघि उपचार गर्र्न आएका केही बालबालिकाले पनि सोही मेडिकलमा ज्यान गुमाएको स्थानीयले बताएका छन्। घटनाबारे थाहा भएपछि प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ लगायतका जनप्रतिनिधि भेरी अस्पताल पुगेका थिए। सांसद नमूनाले उपचारमा संलग्न भारतीय स्वास्थ्यकर्मीलाई कारबाही गरिने बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.