प्रधानमन्‍त्री ओली डिस्चार्ज : बालुवाटारमै चिकित्सकको निगरानीमा रहने

प्रधानमन्‍त्री ओली डिस्चार्ज : बालुवाटारमै चिकित्सकको निगरानीमा रहने

काठमाडौं : प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज भएका छन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। 

शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डिस्चार्ज भएका हुन्। 

अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी केही बोलेनन्। ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ। 

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताए। 

श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन्। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार  प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनेछन्। 

‘उहाँलाई अझै आरामको जरुरत रहेको छ’, उनले भने, ‘उहाँलाई बालुवाटारमै आरामको व्यवस्था मिलाइएको छ। हामी बालुवाटारमै गएर उहाँको स्वास्थ्य अवस्थाको निगरानी गरिरहनेछौँ।’ 

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघाटमा सहभागी नभइ आराम गर्नेछन्। ‘प्रधानमन्त्रीले अझै एक साता आराम गर्नुपर्ने देखिएको छ’, उनले भनिन्, ‘त्यसपछिमात्र मात्र प्रधानमन्त्रीज्यू अन्य क्रियाकलापमा सहभागी हुनुहुनेछ।’ 
 मिर्गौला समस्याले नियमित डायलासिस 

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डायलसिस मंसिर १२ गते भएको थियो। 

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। 

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। 

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.