नेकपा मुख्यालयमा ५२ स्थानकै उपचुनावको रिपोर्ट

नेकपा मुख्यालयमा ५२ स्थानकै उपचुनावको रिपोर्ट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय निर्देशन अनुसार आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालयमा आइपुगेको छ। 

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालयमा आइपुगेको हो। 

उपचुनावमा आफ्नै गढ मानिएका स्थानमासमेत नेकपा पराजित भएपछि सचिवालय बैठकमा गम्भीर समीक्षा भएको थियो। सचिवालय बैठकले सबै स्थानबाट समीक्षात्मक रिपोर्ट माग्ने निर्णय गर्दै तत्काल उपचुनाव भएका स्थानीय कमिटीलाई निर्देशन दिएको थियो। 

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ। अधिकांश समीक्षात्मक रिपोर्टमा आन्तरिक कारणले चुनाव हारेको उल्लेख छ। 

‘हामी बढी हौसियौँ। विपक्षीले योजना थाहा पाए’, प्रदेश नम्बर ३ नेकपा अध्यक्ष नारायण दाहाल भने, ‘हामीले विपक्षीका योजनाप्रति चासो नदिँदा जित्ने अनुमान गरेको ठाउँमा पराजय भोग्नुपर्यो।’ 

पार्टी एकता तलसम्म नहुनु, अस्थायी प्रकारको निर्वाचन परिचालन समिति मात्र गठन हुनु र त्यसमै मात्र भर पर्नु, जनतालाई विश्वासमा लिन नसक्नुजस्ता कारणलाई उपचुनाव पराजयको रुपमा समीक्षात्मक रिपोर्टमा उल्लेख गरिएको छ। 

समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको कुरालाईसमेत समेटिएको छ। नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ। दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्दैशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको छ। 

सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा उपचुनावको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.