ओली-मोदी शुभकामना आदान-प्रदान : भ्रमणका लागि आग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ वर्ष 2020 को उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरेका छन्।ओली र मोदीले बुधबार बिहान १०:३० बजे टेलिफोन संवादमार्फत शुभकामना आदान-प्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
शुभकामना आदान-प्रदानका क्रममा भारतीय प्रधानमन्त्रीले मोदीले ओलीको स्वास्थ्यस्थितिप्रति चासो राख्दै र शुभेच्छा प्रकट गरेका थिए । संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र २०२० मा बॉकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको सल्लाहकार थापाले बताए।
यस क्रममा प्रधानमन्त्री ओलीले मोदीजीलाई पु:न नेपाल भ्रमणका आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !