पाकिस्तानमा कोरोना भाइरस फैलिनसक्ने भन्दै उच्च सतर्कता
इस्लामाबाद : चीनबाट फैलिँदै गरेको कोरोना भाइरसको संक्रमण सर्नसक्ने भन्दै पाकिस्तानलाई उच्च जोखिमयुक्त ठाउँको रुपमा लिइएको छ ।
पाकिस्तानी अधिकारीहरुले भाइरस फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाएका छन् । तर पास्तिानमा अहिलेसम्म कोरोना भाइरसका बिरामी भने देखिएका छैनन् । चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस छिमेकी लगायत अन्य विभिन्न देशमा फैलिसकेको छ ।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले संक्रमणबाट बच्न सबैलाई सुरक्षित र सचेत रहन आग्रह गरेको छ । पाकिस्तानका चारैवटा विमानस्थलमा यसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । इस्लामाबाद, लाहोर, कराँची र पसावरका मुख्य विमानस्थलमा कोरोना रोकथामका उपाय अपनाइएको छ । साथै चिनियाँ सीमाक्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !