कोरोना भाइरस : वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

कोरोना भाइरस : वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र खोलिएको छ। 

वुहान बाहिरका इलाकामा आपतकालीन उपचार दिन अस्पतालहरुले नयाँ निर्माण विस्तार गरेको प्रान्तको प्रमुख जियांग चाओलिङले जानकारी दिए ।  

यी स्वास्थ्य केन्द्रले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्‍याउने बताइएको छ। 

 
अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने छ। दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गरिने छ।

हुबेइ प्रन्तमा कोरोना भाइरको कारण बिहीबार मात्र थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 
चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन्। 

यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएको समाचारमा जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.