कोरोना भाइरस रोक्न यस्तो छ सरकारी तयारी

कोरोना भाइरस रोक्न यस्तो छ सरकारी तयारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कतासहित सरकारले गम्भीर गृहकार्य गरिरहेको बताएका छन्। 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्‍नको जवाफ दिँदै मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्‍न सरकारबाट भइरहेका प्रयासबारे जानकारी दिएका हुन्।

मन्त्री ढकालका अनुसार अहिलेसम्म ३ वटा अस्पतालमा ४३ वटा बेडको व्यवस्था गरिएको छ। तत्कालका लागि उपत्यका बाहिर पोखरा, चितवन र भैरहवामा हेल्पडेस्कको व्यवस्था गरिएको छ। रसुवा र तातोपानी नाकालाई संभावित जोखिमको ठाउँको रुपमा राखिएको छ।

मन्‍त्री ढकालले अस्पताल तथा सम्बन्धित विज्ञसँग बैठक बसेर आइसोलेटेड वार्ड निर्माण गर्ने, रोगबाट जोगिने र जोगाउनेबारे आम रुपमा जनचेतना फैलाउने तयारी भइरहेको बताए। 'यो रोगबाट बच्‍न केही विज्ञानपनका सामग्री बाहिर लगेका छौं। प्रत्येक दिन संचारमाध्यमबाट बुलेटिन प्रकाशित गरिरहेका छौं', उनले भने,' पत्रकारसँग पनि रोगको स्थितिको बारेमा ब्रिफिङ गर्ने काम भइरहेको छ।'

ढकालका अनुसार कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रधानमन्त्रीको नेतत्वमा मन्त्रीस्तरीय र सम्बन्धित विज्ञको बैठक दुईपटक बसिसकेको छ। स्वास्थ्यमन्त्रीको नेतृत्वमा एउटा उच्चस्तरीय निर्देशक समिति पनि बनेको छ। त्यसैगरी प्राविधिक ढंगले आन्तरिक व्यवस्थापनको काम संयोजन गर्नका निमित्त स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी कमिटि बनाएर काम भइरहेको छ। 

मन्त्री ढकालले संक्रमणको जोखिमलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्‍वव्यापी संकट घोषणा गरे पनि नेपाल सरकारले यातायात र व्यापारमा भने कुनै प्रतिबन्धि नलगाएको स्पष्ट पारे। उनले नेपाल सरकार चीनमा रहेका विद्यार्थीलाई बिलम्बन नगरी ल्याउने तयारीमा जुटेको बताए। त्यसका लागि कतिपय क्षेत्रमा स्थान हेरिसकेको पनि उनले जानकारी दिए।

मन्त्री ढकालका अनुसार चीनमा रहेका १८० जना विद्यार्थीले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्। तर त्यहाँ चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आयो भने चीन सरकारले नेपाल नपठाउने बताउँदै भने,' परीक्षणमा नेगेटिभ आयो भने मात्रै नेपाल ल्याइने हो।'

यो रोग नेपालमा जनवरी ९ मा एकजना हुवान प्रान्तबाट आएका युवामा देखिएको थियो। उपचारका क्रममा रहेका ती युवामा भने पछिल्लो अवधिमा नेगेटिभ देखिएको छ।आशंकामा १३ जनामा परीक्षण गरिएकोमा सबैमा नेगेभिट देखिएको मन्त्री ढकालले जनाए। 

पछिल्लो तथ्यांकअनुसार गत डिसेम्बर ३१ मा पहिलो पटक सार्वजनिक भएको कोरोनाबाट १७ हजार २ सय ३८ जना यो रोगबाट संक्रमित छन्। ३६२ जनाको मृत्यु भएको छ।३६२ मध्ये ३६१ चीनमा र एकजनाको बाहिर मुलुकमा मृत्यु भएको हो। चीनका २२ वटा प्रान्तमा फैलिएको छ। विश्वका २३ वटा मुलुकमा यसको संक्रमण देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.