बालुवाटार जग्गा प्रकरणबारे व्यंग्य गर्दै प्रधानमन्त्रीले सुनाए चिनियाँ कथा
काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणलाई विरोधीले गलत तरिकाले व्याख्या गरेको आरोप लगाएका छन्। शुक्रबार सरकारको दुई बर्षे उपलब्धिबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उनले लुटिएको सरकारी जग्गा फिता ल्याउन खोज्दा आफूले नै बेचेर खाए जसरी प्रचार गरिएको भनी असन्तुष्टि व्यक्त गरे ।
ललिता निवास जग्गा प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भूमिकालाई उनले एक चिनियाँ लोककथासँग जोडर व्यंग्य गरे। ‘लुटिएको जग्गा फिर्ता ल्याउन प्रयास गर्ने मलाई नै मेरै पो कैफियत छकी जसरी प्रचार गरियो।’ प्रधानमन्त्री ओलीले भने–‘यस सन्दर्भमा केही साथीहरुको भूमिका एक चिनियाँ लोककथासँग मिल्दोजुल्दो देखियो ।’
‘चिनियाँ एकजना ड्रागन मन पराउने मान्छे थियो । उसले घरभरि, भित्ताभरि ड्रागनको चित्र बनाउँथ्यो । ड्रागनको प्रार्थना गर्थ्यो, ड्रागनको प्रसंशा गर्थ्यो । उसको प्रसंशा र झक्तिभाव देखेर ड्रागन अत्यन्त प्रसन्न भयो र एकदिन ड्रागन प्रकट भयो । अनि ड्रागन देख्दाखेरी यसको भागाभाग।’ उनलै कथा सुनाउँदै भने–‘मलाई त्यस्तै लाग्छ जब ड्रागन आउन थाल्यो समस्या बेग्लै देखन थाल्यो।’।
ललिता प्रकरणमा ससरकारले नै छानबिनका लागि समितिले बनाई यसले दिएको प्रतिवेदनका आधारमा आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा दिएको ओलीले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दलतर्फ संकेत गर्दै ओलीले सुनाए–‘आयोगले छानबिन गरुञ्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्ने गरी खोइत कारबाही ? भनेर प्रश्न गरिरहे । यो प्रक्रिया आरोपितविरुद्ध मुद्दा दर्ता हुनेदनिसम्म नै चलिरह्यो।’
आरोपीविरुद्ध मुद्दा दायर भएपछि पहिलेका प्रतिक्रिया ड्रागनप्रेमी युवाकाजस्तै भएको भन्दै उनले व्यंग्य गरे । ‘यो देखेर म एउटा गीत सम्झिन्छु’ ओलीले सुनाए,‘देखाउने दाग देखायो किन रुवाबासी।’।
देशको भद्रगोल अवस्थालाई ट्रयाकमा ल्याउन सबै सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आह्वान गरे । आरोपीहरु न्यायालयको फैसला नहुन्जेलसम्म अपराधी नहुने ओलीले बताए।
प्रतिक्रिया दिनुहोस !