कोरोना जोखिम सामना कोष : प्रतिपक्षी कांग्रेसले दियो ५० लाख

कोरोना जोखिम सामना कोष : प्रतिपक्षी कांग्रेसले दियो ५० लाख

काठमाडौं : सरकारले कोरोना भाइरसको जोखिम सामना गर्न बनाएको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने भएको छ। 

सरकारले बनाएको कोषमा पार्टीले ५० लाख दिने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ’, प्रवक्ता शर्माले भने। 

यसअघि नै कांग्रेसका संघीय सांसदले कोषमा १५ दिनको तलब दिने निर्णय भएको थियो। प्रवक्ता शर्माले कोरोनाविरुद्धको संघर्षमा सबै एक साथ रहेको भन्दै सरकारले निर्माण गर्ने कोषमा पार्टीको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय भएको प्रष्ट पारे।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको थियो।

कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीले एक महिनाको तलब योगदान गर्ने निर्णय भइसकेको छ। कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ। सरकारले एक साताका लागि भारत र चीनसँगका सबै नाका बन्द गर्दै देशभर लकडाउन गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.