कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने

कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने

रोम : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९०) संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।

चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये  ८ हजार ३२६ निको भएका छन्।

अमेरिका अर्को इपिसेन्टर बन्ने डब्लूएचओको चेतावनी

चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ। मंगलबार अबेरसम्मको तथ्यांक अनुसार  अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ। 

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ। 

अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन्।

यस्तै चीनमा ४७ नयाँ संक्रमित भेटिएका छन्। ती सबै बाहिरबाट आएका यात्रुमा देखिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै थप ४ जनाको संक्रमणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

त्यस्तै मंगलबार ४९१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।

धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,५९१  मृत्यु: ३,२८१ निको: ७३,२८०
इटाली– संक्रमित: ६९,१७६  मृत्यु: ६,८२०  निको: ८,३२६
अमेरिका– संक्रमित: ५३,७४०    मृत्यु: ७०६   निको: ३४८
स्पेन– संक्रमित: ३९,८८५  मृत्यु: २,८०८   निको: ३,७९४
जर्मनी– संक्रमित: ३२,९८६  मृत्यु: १५७   निको: ३,२४३
इरान– संक्रमित: २४,८११      मृत्यु: १,९३४   निको: ८,९१३
फ्रान्स– संक्रमित: २२,६२२  मृत्यु: १,१०२  निको: ३,२८८
द. कोरिया– संक्रमित: ९,०३७  मृत्यु: १२०  निको: ३,५०७
बेलायत– संक्रमित: ८,१६४  मृत्यु: ४२३   निको: १४०
भारत– संक्रमित: ५३६   मृत्यु: १०  निको: ४०
नेपाल– संक्रमित: २     मृत्यु: ०  निको: १ 
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.