घरभित्रै बस्न राष्ट्रपति र प्रधानमन्‍त्रीको आग्रह

घरभित्रै बस्न राष्ट्रपति र प्रधानमन्‍त्रीको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई घरभित्रै बसिदिन आह्वान गरेका छन्। 

विश्वव्यापी महामारीको रूपमा फैलँदै गरेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सर्वसाधारणलाई घरभित्रै बसिदिन राष्ट्रपति र प्रधानमन्त्रीले बुधबार आह्वान गरेका हुन्।

राष्ट्रपति भण्डारीले बुधबार एक सन्देश जारी गर्दै सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवं आचारसंहिता पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आह्वान गरेकी हुन्।

उनले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा र हाललाई अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द गर्ने निर्णयबाट आमजनताको दैनिक जीवनमा केही कठिनाइ भए पनि सरकारको सुझबुझपूर्ण र सामयिक निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताएकी छन्।

‘कोरोना भाइरसको संक्रमण रोक्न सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प हुने कुरामा पुनः जोड दिन चाहन्छु’, राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्।

उनले नेपाल सरकारद्वारा कोरोनाको संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’को अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन ध्यानाकर्षणसमेत गराएकी छन्।

उनले यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा सदुपयोग गर्न पनि सुझाव दिएकी छन्।

राष्ट्रपतिले यस घडीमा संयमित बन्दै घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ–आफ्नो ठाउँबाट क्रियाशील हुन आह्वानसमेत गरेकी छन्।

उनले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाबीच सुदृढ समन्वय कायम हुनुपर्ने भन्दै त्यसका लागि सम्बद्ध सबै पक्षको ध्यानाकृष्टसमेत गराएकी छन्।प्रधानमन्त्री भन्छन्, घरभित्रै बसिदिनुसप्रधानमन्त्री केपी ओलीले पनि देशवासीलाई घरभित्रै बसिदिन आग्रह गरेका छन्। आफूले पनि निवासबाटै सरकार सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई पनि घरभित्रै बसिदिन आग्रह गरेका हुन्।

मिर्गौला पुनः प्रत्यारोपणपछि आफ्नै सरकारी निवास बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमा ट्विट गर्दै घरमा बसिदिन सर्वसाधारणलाई आग्रह गरेका हुन्।

‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपार्इंहरू पनि घरमै बस्नुहोस्,’ प्रधानमन्त्री ओलीले भनेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.