कोरोना महामारी रोकथामक र नियन्त्रणका लागि प्रधानसेनापतिका १० निर्देशन
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईंमा सैनिक सहयोगका लागि खटिएको सकलदर्जालाई प्रधान सेनापति पूर्णचन्द्र थापा विभिन्न १० दिर्नेशन दिएका छन्।
संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउन, आफू जोगिएर र सरसफाइ गरेर अरुसँग १.५ मिटरको शारीरिक दूरी कायम गर्न, अस्वस्थ्य भए घर वा ब्यारेकमै बस्न, आधिकारीक सूचनालाई मात्र विश्वास गर्न, सहकर्मीलाई सदैव सहयोगको भावना राख्न, सबै नागरीकप्रति आदरभाव देखाउन, राष्ट्रको सेनाको उपस्थितिले मात्र कतिपय नागरिक आश्वस्त हुन्छन् उनीहरुसँग मानवीय व्यवहार प्रदर्शन गर्न, संयम र धैर्यता देखाउनलगायत उनले विभिन्न १० निर्देशन दिएका हुन्। 
प्रतिक्रिया दिनुहोस !