चिनियाँ राष्ट्रपति सीलाई प्रचण्डको पत्र

चिनियाँ राष्ट्रपति सीलाई प्रचण्डको पत्र

काठमाडौं  : सत्ताारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९ ) विरुद्ध जुध्न चिनियाँ सहयोगको आग्रह गरेका छन् । दाहालले १३ चैतमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विशेष पत्र लेख्दै नेपाललाई कोभिड–१९ सँग लड्नका लागि सहयोग गर्न अपिल गरेका हुन् ।

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सीलाई पत्र पठाइएको पुष्टि गरे । दाहालले कोभिड–१९ को महामारी नियन्त्रण गर्न सफल भएकामा सीलाई बधाई दिँदै नेपाललाई पनि यो महामारीसँग जुध्न आवश्यक सहयोग गर्न अपिल पत्रमार्फत गरेका हुन् ।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु, कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई बधाई दिन चाहान्छु’, दाहालले लेखेको पत्र उद्धृत गर्दै सापकोटाले अन्नपूर्णसँग भने, ‘नेपाल पनि अहिले यो महामारीसँग जुध्‍न लागिपरेको छ । यसका लागि खासगरी औषधि र अन्य मेडिकल सामग्री नेपाललाई जतिसक्दो छिटो सहयोग गर्न म नेपाली जनता र नेकपाका तर्फबाट अपिल गर्दछु ।’

दाहालले चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति नेपाली जनता सधैं आभारी रहँदै आएकाले यसपटक पनि सक्दो सहयोगको अपेक्षा नेपालीले गरेको पत्रमा उल्लेख गरेका छन् । नेपालमा कोभिड–१९ को संक्रमण पाँच जनामा देखापरेको छ । सरकारले यसको नियन्त्रणका लागि चैत ११ यता देशभर लकडाउन गरेको छ । औषधिलगायत आवश्यक सामग्री जुटाउन सरकार लागिपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.