एमबाप्पेलाई गोल्डेन बुट

एमबाप्पेलाई गोल्डेन बुट

पेरिस : फ्रेन्च लिग वान फुटबलको गोल्डेन बुट उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले जितेका छन्। यस सिजन फ्रेन्च लिग वानमा सर्वाधिक गोल गरेका कारण एमबाप्पेलाई उक्त अवार्ड प्रदान गरिएको हो।

कोरोना भाइरसको सन्त्रासका कारण लिग वान कमिटीले हालै मात्र फ्रेन्च लिग रद्द गर्ने निर्णय गरेको थियो। लिग रद्द भएसँगै शीर्ष स्थानमा रहेको पीएसजीलाई च्याम्पियनको घोषणा गरिएको थियो। लिगमा एमबाप्पेले सर्वाधिक १८ गोल गरेका थिए। उनीसँगै मोनाकोका विसम बेन एडरले पनि समान १८ गोल गरेका थिए। तर एमबाप्पेले कम खेलमा धेरै गोल गरेका कारण उनलाई गोल्डन बुट दिने निर्णय गरिएको हो। एमबाप्पेले २० खेलमा उक्त गोल गरेका थिए। एडरले २५ खेल खेलेका थिए।

यसैगरी एमबाप्पेले सबै गोल खुला रुपमै गरेका थिए। उनले कुनै पनि गोलका लागि पेनाल्टीको सहायता लिएका थिएनन्। एडरले भने तीन गोल पेनाल्टीमा गरेका थिए। जसका कारण एमबाप्पे उत्कृष्ट ठहरिए। २१ वर्षीय एमबाप्पे फ्रेन्च लिगमा लगातार दोस्रो सिजन गोल्डेन बुट विजेता बनेका हुन्।

उनले अघिल्लो सिजन पनि यस उपाधि चुमेका थिए। पीएसजीमा उच्च फर्ममा रहेका एमबाप्पेले पछिल्लो समय समर ट्र«ान्सफरमा पीएसजी छाड्न चाहेको समाचार समेत बाहिरिएको छ। यही समयमा पीएसजीले उनलाई क्लबमै राख्न सम्झौताको नयाँ प्रस्ताव समेत गरेको छ। पीएसजीले एमबाप्पेलाई ब्राजिलियन सुपरस्टार नेमारलाई दिइरहेको रकम प्रदान गर्ने भएको छ।

पीएसजीका प्रमुख नासिर अल खेलाइफीले क्लबले एमबाप्पेलाई नेमार सरह हप्ताको ६ लाख पाउन्डको प्रस्ताव गरेका छन्। यसअघि एमबाप्पेले हप्ताको तीन लाख पाउन्ड पाउँदै आएका थिए। क्लबले दोब्बर प्रस्ताव गरेपछि एमबाप्पे पीएसजीमै बस्न खुसी देखिएको बताइएको छ। एमबाप्पे सन २०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका थिए। पीएसजीमा उनको सम्झौता सन् २०२२ सम्म छ। कोरोनाका कारण फ्रान्स सरकारले आगामी सेप्टेम्बरसम्म खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.