थप ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगन्जको आइसोलेसनमा अब ५ जना मात्रै

थप ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगन्जको आइसोलेसनमा अब ५ जना मात्रै

वीरगन्ज : थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि वीरगन्जको आइसोलेसनमा अब ५ जना मात्रै संक्रमित बाँकी छन् । बुधबार राती थप ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन्।

 पर्सा र अन्य जिल्लाका गरी भर्ना भएका १०२ मध्ये ९७ जना निको भइ घर फर्किसकेका कारण वीरगन्जको आइसोलेसनमा अब ५ मात्रै संक्रमित उपचारत छन्। बुधबार राती थप चारजना संक्रमित कोरोना जितेर घर फर्किएको विशेष कोरोना गण्डक हस्पिटलका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए

डाक्टर सिंहका अनुसार १२ दिनमै कोरोना जितेर बुधबार राती ४ जना संक्रमित घर फर्किएका हुन् । वीरगन्ज ३ छपकैयाका उनीहरुलाई जेठ २ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा  ल्याएर राखिएको थियो । 

लगातार २ पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार राती ९ बजे  ४ जनालाई डिस्चार्ज गरिएको डाक्टर सिंहले जानकारी दिए। यसअघि मङगलबार राती पनि विशेष कोरोना गण्डक हस्पिटलबाटै २१ जना संक्रमित डिस्चार्ज भएका थिए। चैत २९ गते देखि जेठ ११ सम्म वीरगन्जको आइसोलेसनमा पर्सा , बारा , रौतहट , सर्लाही र भारतका गरी १ सय २ जना संक्रमितलाई उपचारका लागि भर्ना गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.