भिडन्तको सिकार भएका निर्दोष ट्राफिक कमल : लखेटीलेखेटी कुटे उनीहरूले (भिडियाे)

भिडन्तको सिकार भएका निर्दोष ट्राफिक कमल : लखेटीलेखेटी कुटे उनीहरूले (भिडियाे)

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको छ। ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडपपछि युवाहरुको समूहले घिमिरेमाथि निर्घात कुटपिट गरेका हुन्।

डिउटीमा खटिएका घिमिरेमाथि निर्घात कुटपिट भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। मोटरसाइकलमा आइरहेका घिमिरेलाई केही युवाहरुले रोकेर हेलमेटलगायत प्रहार गरिरहेको भिडियोमा देखिन्छ।

कुटपिटपछि भाग्दै गरेका घिमिरेलाई ति युवाहरुले लखेटिलखेटि कुटिरहेको पनि भिडियोमा प्रष्ट देखिन्छ। त्यसपछि उनलाई सडकमा आउँदै गरेको प्रहरीको भिडमध्य एक प्रहरीले देख्छन् र उनलाई समाएर केही पर प्रहरीले घेरेर राखेको भिडियोमा देखिन्छ। अल्का अस्पतालमा उपचार भइरहेको उनको हात र टाउकोमा चोट लागेको अस्पतालले जानकारी दिएको छ।

कोरोना महामारीमा रथ यात्रा रोक्न निर्देशन दिए पनि प्रशासनको निषेधको अवज्ञा गर्दै मत्स्येन्द्रनाथको रथ तानेका थिए। मत्स्येन्द्रनाथको रथ तानेको खबर लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएपछि भिडलाई हटाउन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो। प्रहरी प्रशासनले रोक्‍न निर्देशन दिएपछि आक्रोशित युवाहरुले घिमिरेमाथि प्रहार गरेका थिए।

दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए। ढकालका अनुसार प्रहरी कुट्ने युवाहरुको खोजी भइरहको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.