ब्रोकर कमिसन घट्यो, सेयर बजारलाई थप राहत

ब्रोकर कमिसन घट्यो, सेयर बजारलाई थप राहत

काठमाडौं : धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ। पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

ब्रोर्डले ब्रोकर  कमिसन ३३% ले घटाएको जानकारी दिएको छ।  कमिसन घटेपछि यसको सकारात्मक असर सेयर बजारमा पर्नेछ। निरन्तर उछाल आएको सेयर बजारमा राजनीतिक घटनाक्रमले केही अलमल देखिए पनि लगानीकर्तामा उत्साह घटेको छैन। पुरानो रेकर्ड तोड्दै सेयर बजार सूचक दुई हजार क्रस गरिसकेको छ। बुलिस ट्रेन्डमा रहेको सेयर बजारको सकारात्मक वातावरण राजनीतिक घटनाक्रमले नबिथोलिने विश्‍वासमा लगानीकर्ता देखिन्छन्। 

साताको अन्तिम दिन बिहीबार नेप्से सूचक केही करेक्शन भएर २०३८.६३ मा अडिएको छ। दैनिक पाँच अर्बभन्दा बढी कारोबार हुँदै आएकोछ। 

अर्थमन्त्री विष्णु पौडेलकै पहलमा ब्रोकर कमिसन घटाइएको हो। अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने निर्णय गरेको हो। 
पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो। गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै  सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। 

कति घट्यो कमिसन ?

लगानीकर्ताले यसअघि ५० हजार सम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्नुपर्नेमा अब ०.४०२ प्रतिशतले तिरे हुने भएकोछ। ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्नुपर्नेमा अब ०.३६८५ प्रतिशत तिर्नुपर्ने छ। हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर सहज बनाइएको छ।  अबदेखि ५ लाख देखि २० लाख सम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ। 

करोड भन्दा माथिको कारोबारको हकमा अहिलेसम्म ०.४० प्रतिशत तिर्नुपर्ने थियो। अब ०.२६८ प्रतिशत तिरे पुग्‍नेछ। लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.