टोखाको एक अपार्टमेन्टमा दम्पत्तीको शंकास्पद मृत्यु

टोखाको एक अपार्टमेन्टमा दम्पत्तीको शंकास्पद मृत्यु

काठमाडौं : काठमाडौंको टोखामा रहेको एक अपार्टमेन्टमा बस्दै आएका दम्पत्तीको शंकास्पद मृत्यु भएको छ। नयाँ बानेश्वर घर भएर टोखा नगरपालिका स्थित एक अपार्टमेन्टमा बस्दै आएका ३३ वर्षीय उमेश केसी र सुदीक्षा गिरीको शव भेटिएको हो। 

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काका अनुसार मृत्यु शंकास्पद देखिएको छ। एकजनाको हत्या भएको र अर्कोले आत्महत्या गरेको जस्तो अवस्थामा शव भेटिएपछि उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

टोखा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठका अनुसार मृतक उमेशको टाउँको र शरीका विभिन्न ठाउँमा चोट देखिएको छ। प्रहरीले धारिलो हतियार प्रयोग गरेर उमेशको हत्या भएको अनुमान गरेको छ। सुदीक्षाको शव भने झुण्डिएको अवस्थामा भेटिएको र उनको शरीरमा चोटपटक नलागेको प्रहरीले बताएको छ। 

उमेशका आफन्तले घटनामा सुदीक्षाका माइती पक्षको हात हुने आशंका गरेका छन्। प्रहरीले भने उमेशका आफन्तसँग सम्पर्क हुन नसकेपछि सुदीक्षाको माइती पक्षसँगको समन्वयमा शव पोस्टमार्टमका लागि अस्पताल पुर्याएको बताएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। जनवरी १४ मा उमेर अमेरिका जाने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.