जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप : नेता रामचन्द्र झा घाइते

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप : नेता रामचन्द्र झा घाइते

जनकपुरधाम :  नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। 

प्रदर्शनकारीहरुले जनकपुर बजार बन्द गराउँदै हिंड्दा शिव चोकमा प्रहरीसँग झडप भएको हो। झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। झाको टाउको फुटेको छ। 

झडपको क्रममा केही गाडीमा समेत तोडफोड भएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको छ। हाल शिव चोक क्षेत्रमा अवस्था तनावग्रस्त नै छ। 

टाउको फुटेर घाइते भएका नेता रामचन्द्र झा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.